कात्तिक २७, विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी पुस मसान्तसम्ममा तीन वटै तहमा कर्मचारी समायोजन भइसक्ने वताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मी संग कुरा गर्दै उनले भने, “कर्मचारी समायोजनसम्बन्धी अध्यादेश मन्त्रिपरिषद्मा छलफल भएर परामर्शका लागि लोकसेवा आयोगमा पठाइएको छ, त्यो अध्यादेश पारित भएर ऐनका रुपमा आएपछि तीन वटै तहमा देखिएको…