मंसिर १५, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले महानगरीय प्रहरी प्रभाग काँडाघारीलाई शनिबार १८ वटा सिसिटिभी र एक थान कम्प्युटर मनिटर हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर मातहत रहने प्रहरी प्रभाग काँडाघारीलाई समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ती सुरक्षासम्बन्धी उपकरण प्रदान गरिएको हो । नगरप्रमुख कृष्णहरि थापाले महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक…