मङ्सिर २५, बलेवा । लामो समयदेखि चर्चामा रहेपनि प्राविधिक कारणले निर्माण हुन नसकेको बागलुङ सदरमुकामको बाङ्गेचौर देखि पर्वतको पाङ जोड्ने अग्लो झोलुङ्गे पुल बनाइने भएको छ । अर्थ मन्त्रालयले पुल निर्माणका लागि बजेट दिने सहमति दिएपछि बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिका जोड्ने गरी मुलुककै सबैभन्दा लामो झालुङ्गे पुल निर्माण हुने निश्चित भएको हो ।…