मङ्सिर २७, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ को वडा भवन निर्माण गर्न स्थानीय आइबहादुर तामाङले एक रोपनी जग्गा प्रदान गरेका छन् । तामाङले बुधबार जिल्ला मालपोत कार्यालयमा आफ्नो स्वामित्वको उक्त जमीन वडा कार्यालयका नाममा रजिस्ट्रेशन पास गरिदिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए । सो जमीनको हालको मूल्य करीब १६ लाख पर्ने क्षेत्रीले बताए ।…