माघ ४, लमजुङ । बेँसीशहर नगरपालिका ११ चितीका नन्दनिधि पाण्डेको आधा उमेर खरको छानाको घरमा बित्यो । कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसक्ने उनको सपना यसपालि पूरा भएको छ । बेँसीशहर नगरपालिकाको नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान चलाएकाले पाण्डेले पनि जस्तापाता पाएका हुन् । उनलाई बिहीबार नौ…