पुस २४, दमौली । एसइई उत्तीर्णपछि प्राविधिक शिक्षा अध्ययनका लागि पोखरा जाने सोचमा थिइन् तनहुँको घिरिङ गाउँपालिका–३ अर्चलकोटकी रुपा गुरुङ । सोही वडाको सुन्धारास्थित चन्द्रज्योति माध्यमिक विद्यालयबाट यसै वर्ष एसइई परीक्षा उत्तीर्णपछि प्राविधिक शिक्षा अध्ययनका लागि पोखरा जानुपर्ने बाध्यता गुरुङलाई हटेको छ । विद्यालयले चालु आर्थिक वर्षदेखि नै सव–ओभरसियरको पढाइ शुरु गरेपछि गुरुङले अब गाउँमै…