पुस १८, हुम्ला । कर्णाली करिडोर अन्तर्गत हिल्सा–सिमकोट सडक आयोजनाको याछरा भीर फुटाउनका लागि विष्फोटक पदार्थ ढुवानी गर्न थालिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत मङ्गलबार देखि विष्फोटक पदार्थ ढुवानी गर्न थालिएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख इञ्जिनीयर शशाङ्क मिश्रले जानकारी दिए । काठमाडौंबाट सुर्खेतहुँदै विष्फोटक पदार्थ हुम्ला ढुवानी गरिएको हो । सो विस्फोटक पदार्थ सिमकोट–हिल्सा, खार्पुदेखि…