लहान, ६ कात्तिक । सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित प्रमुख मुनि साह र उपप्रमुख सरियार चौधरीले लहान नगरपालिकालाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सिरहाको लहानमा आइतबार समग्र जनउत्थान केन्द्रको संयोजनमा हातेमालो अन्तर धार्मिक समिति लहानद्वारा आयोजित शुभकामना आदानप्रदान तथा नवनिर्वाचित पदाधिकारीको स्वागत तथा सम्मान कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।…