रामपुर, पाल्पा । प्रदेश नं. ५ को सरकारले पाल्पाका तीन गाउँपालिकासहित प्रदेशका ३५ गाउँपालिकामा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेशका सबैभन्दा कमजोर गाउँपालिकामा सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो । पाल्पाका माथागढी, रैनादेवी छहरा र निस्दी गाउँपालिकामा मानव विकास सूचकांकमा सुधार गरी मूल प्रवाहमा ल्याउन यो कार्यक्रम लागु गर्न लागेको…