२९ असार, हेटौँडा । हेटौँडा–कुलेखानी सडक अन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका वडा नं २ फाखेलस्थित सुकौरामा गएराति परेको वर्षात्ले पहिरो गई अवरुद्ध रहेको सडकमा पहिरो हटाई आज मध्याह्नदेखि हेटौँडा–काठमाडौंको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौंबाट हेटौँडा लगायत तराई र हेटौँडा बाट काठमाडौं तर्फ गएका सुमो जीप, कार, मोटरसाइकल लगायतका…