८ साउन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको इङ्गुरिया नदीमा दुई वटा पुल निर्माण गर्न स्थानीयवासीले माग गरेका छन् । उक्त नगरपालिकाको वडा नं ५ स्थित बक्सडडाँडामा आज आयोजित भेलाले नगरपालिकाको कर्मुहा तथा गैडहवा गाउँपालिकाको नयाँगाउँ जोड्ने र सैनामैना नगरपालिकाको बक्सडडाँडा तथा आमी जोड्ने दुई पुल निर्माणका लागि माग गरेको स्थानीयवासी डिलबहादुर खत्रीले जानकारी दिए…