मङ्सिर २५, लहान । लामो समयसम्म मुद्दाको फैसला नहुँदा हुलाकी राजमार्ग अन्तर्गत सप्तरी कल्याणपुर–बरसाइन–स्वर्णपट्टी सडकखण्ड निर्माणको काम प्रभावित भएको छ । उक्त सडकखण्ड अन्तर्गत स्वर्णपट्टीस्थित देउरी ९ ख को सर्वेगरी नक्साङ्कन भएकालाई छाडेर ९ क मा निर्माण गर्न थालिएको भन्दै जग्गाधनी जिवछ भनिने धर्मेन्द्र साहले २०७४ माघमा उच्च अदालत जनकपुर इजलास राजविराजमा दायर गरेको रिटमा…