८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी नगरपालिकाः नगर क्षेत्रमा नै खानेपानीको हाहाकार



वैशाख १, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका ६ बाँस्बोटका जनता वर्षौदेखि काकाकुलको नियति भोगेर बाँच्न बाध्य भएका छन् ।

पशुचौपाया र करेसाबारीलाई मात्रै होइन, तिर्खा लागेको बेला स्थानीयवासीले धित मरुञ्जेलसम्म पानी पिउनसमेत पाउँदैनन् । जिल्ला सदरमुकाम बेनी बजारदेखि करीब एक घण्टाको दूरीमा रहेको बाँस्बोट गाउँमा पानीको स्रोत नहुँदा मोटरसाइकलबाट पानी बोकेर खान स्थानीयवासी बाध्य भएका छन् ।

बेनपा ६ का एकपाते, बाँस्बोट, पिपलबोट र खेताघर बस्तीका ४० घरधुरीले वर्षौदेखि पानीको समस्या झेल्दै आएका हुन् । बाँस्बोटका दुर्गाप्रसाद पौडेलले नियमित मोटरसाइकलमा पानी बोकेर पानीको गर्जो टार्ने गरेका छन् । दुग्ध व्यवसायीसमेत रहेका पौडेलले बिहान र बेलुका गरी दैनिक दुईपटक मोटरसाइकलमा अग्निखेत र बेनीबाट नै पानी बोकेर समस्या समाधान गर्ने गरेको बताए ।

मोटरसाइकल लगायतका सवारीसाधन भएका व्यक्तिले ती साधनमार्फत पानी बोकेर गुजारा चलाउने भए पनि साधन नभएका व्यक्ति राति अबेरसम्म लाइन लागेर पानी भर्न बाध्य छन् । गाउँमा रहेको एउटा सानो धारोमा सिङ्गो बस्तीका बासिन्दा निर्भर रहनुपर्दा ठूलो समस्या भएको एकपाटेकी मनरुपा पौडेलले बताइन् ।

एक गाग्री पानीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताले गर्दा स्थानीय आजित भएका छन् भने कतिपय त बसाइँसराइ गरेर अन्यत्र जाने सुरसारसमेत गरिरहेका छन् ।

गाउँ आसपासमा पानीका कुनै स्रोत नभेटिएपछि बेनी नगरपालिका ५ को चिप्लेटी र पुलाचौरमा पानीको स्रोत भएको खेत नै किनेर खानेपानीको समस्या समाधान गर्ने योजनामा रहेको बेनपा ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले बताए ।

आमा समूहको भवनबाट चार सरकारी कार्यालय सञ्चालन

सर्वसाधारणसँग चन्दा उठाएर र देशविदेशमा रहेका गाउँलेबाट प्राप्त सहयोगले निर्माण गरिएको हो उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ पोखरेबगरमा कालीगण्डकी आमा समूहको भवन । दुईतले सो भवनको भुइँतलामा चार सरकारी कार्यालयका बोर्ड टाँगिएको छ ।

आमा समूहले उपलब्ध गराएको भुइँतलाको एउटा कोठामा कृषि र पशु सेवा शाखाका दुई शाखा सञ्चालनमा रहेका छन् भने अर्को कोठामा स्वास्थ्य शाखा र आयुर्वेद शाखाको बोर्ड राखेर कार्यालय सञ्चालन गरिएको छ । आमा समूहको भवनको भुइँतलाका दुई कोठा नै अन्नपूर्ण गाउँपालिकाका जनताका लागि ‘गाउँगाउँमा सिंहदरबार’ बनेका छन् ।

कार्यालय प्रमुखदेखि लेखाको एउटै कार्यकक्ष छ, स्टोर शाखा पनि त्यही कोठामा । त्यो सँगै सेवाग्राही विभिन्न सेवा लिनका लागि आउने र त्यहीँबाट सेवा लिने गर्दछन् । देशमा सङ्घीयता कार्यान्वयनसँगै गाउँगाउँमा सिंहदरबारको नारा चर्को रूपमा लगाइए पनि सिंहदरबारको त कुरै छाडौँ सरकारी कार्यालयका शाखा र सेवा प्रदायक संस्थाले एउटा कोठासमेत पाउन नसक्दा सेवाग्राहीसमेत मर्कामा परेका छन् । रासस

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार ००:००