१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यचौकी, सामुदायिक भवन र आलु भण्डारण केन्द्र निर्माण



चैत ४, बागलुङ । काठेखोला गाउँपालिका–३ मा धम्जा स्वास्थ्यचौकी, सामुदायिक भवन र आलु भण्डारण केन्द्र निर्माण शुरु गरिएको छ ।

गण्डकी प्रदेशका भौतिक विकास तथा पूर्वाधारमन्त्री रामशरण बस्नेतले निर्माण गरिने ती भवन शुभारम्भ गर्दै यसले धम्जाको आर्थिक, सामाजिक विकासले गति लिने विश्वास व्यक्त गरे ।

धम्जा, देउरालीमा निर्माण हुने स्वास्थ्यचौकी १८ महीनाभित्र पूरा गरिने भएको छ । एक करोड ४५ लाख ७६ हजारको लागतमा बन्ने स्वास्थ्यचौकी निर्माणको जिम्मा जुम्ली निर्माण सेवाले पाएको छ ।

यस्तै सायकटेरामा ५० लाखको लागतमा बन्ने धम्जा बहुउद्देश्यीय सामुदायिक भवन चालू आवमा भुइँतला मात्र निर्माण गरिने भएको छ क्रमागत योजनामा परेको भवनलाई थप बजेट व्यवस्था गरेर आउँदो आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

दुईतले अत्याधुनिक भवनको लागत एक करोड ८७ लाख तोकिएको छ । भवनमा सात कोठा, चार शौचालय, हल, चमेनागृह सहितका संरचना बन्नेछन् ।

सायकटेरामा सञ्चालित सामुदायिक स्वास्थ्य एकाइलाई सोही भवनबाट सञ्चालन गरिने योजना छ । यस्तै असौजेमा बन्ने आलु भण्डारण एवं चिस्यान केन्द्रलाई गाउँपालिकाले चालू आवमा आठ लाख बजेट मात्र छुट्टाइएको छ । किसानले उत्पादन गरेको आलुको बिउ संरक्षणका लागि चिस्यान केन्द्र बनाउन लागिएको वडाध्यक्ष यामबहादुर श्रीसले बताए ।

“जग र भुइँतलाको काम यही वर्षभित्र हुन्छ” उनले भने, “थप बजेट व्यवस्थापन गरेर जतिसक्दो छिटो यसलाई सम्पन्न गर्ने योजना छ ।” गाउँपालिकाले पनि क्रमागत योजनामा पारेर बजेट थप्दै जाने प्रतिबद्धता जनाएको छ । धम्जाको असौजे र ओखले क्षेत्रलाई गाउँपालिकाले आलुको ‘पकेट’ क्षेत्र घोषणा गरेको छ । रासस

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार ००:००