१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सँस्कृतिविद् सत्यमोहन जोशीका नाममा सडक र पार्क



माघ २५, ललितपुर । ललितपुर महानगरपालिकाले संस्कृतिविद् सत्यमोहन जोशीको शत्तवार्षिकीका अवसरमा उनको नाममा पार्क निर्माण र कुनै एक सडकको नाम ‘सत्यमोहन जोशी मार्ग’ नामकरण गर्ने निर्णय गरेको छ ।

संस्कृतिविद् जोशीको शतवार्षिकी मनाउन महानगरको वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनको अध्यक्षतामा बसेको समितिले हुलाक टिकट र स्वर्ण मुद्रा छपाइका लागि नेपाल राष्ट्र बैंकसँग कुराकानी गर्ने योजना बनाएको छ ।

महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले कुनै पनि क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिलाई जीवित छँदै सम्मान गर्दा व्यक्ति स्वयम्ले महसुस गर्न पाउने बताए ।

जोशीले महानगर मात्रै नभएर देशको कला र संस्कृतिको संरक्षणमा पु¥याएको योगदान अतुलनीय रहेको उनले बताए । उनले भने “यो उमेरसम्म पनि उहाँले निरन्तर देश र देशवासीका लागि गर्नुभएको योगदानको हामीले सम्मान गर्नैपर्छ ।”

महानगरपालिकाका उपप्रमुख गीता सत्यालले जोशी जस्ता विशिष्ट व्यक्तिलाई सम्मान गर्न पाउनु महानगरपालिकाका लागि गर्वको विषय भएको बताइन् । उनले मूर्त र अमूर्त संस्कृतिको संरक्षणमा पु¥याएको योगदानको पनि चर्चा गरिन् ।

संस्कृतिविद् जोशीको आगामी वैशाख ३० गते ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्दैछन् । ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले शताब्दी पुरुष जोशीको शत्वार्षिकी मनाउन १ सय ११ सदस्यीय समिति गठन गरेको थियो ।

महानगरले संस्कृतिविद् जोशीको सयौँं जन्मोत्सवलाई वर्षभरि नै विभिन्न कार्यक्रम आयोजना गरेर मनाउने तयारी गरेको छ । रासस

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार ००:००