५ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारीको माग पुरा गर्न सकिँदैनः मन्त्रालय



सरकारले आन्दोलनरत स्थानीय निकायका कर्मचारीको माग पुरा गर्न नसक्ने स्पष्ट पारेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रलायका सचिव केदारबहादुर अधिकारीले संक्रमणकालीन व्यवस्थामा कर्मचारीहरूको माग समेट्न नसकिने स्थानीय खबरलाई बताए । नयाँ ऐन जारी हुँदा कसैलाई भेदभाव नगर्ने, संक्रमणकालीन गठन आदेशको प्रस्ताव नफेरिने अधिकारीले स्पष्ट पारे । “संक्रमणकालीन गठन आदेश र नयाँ जारी हुने ऐनबारे मन्त्रालय पहिलादेखि स्पष्ट छ । कुनै परिर्वतन हुँदैन,” अधिकारीले भने ।

सरकारले नयाँ बन्ने स्थानीय तह कर्यान्वयनका लागी संक्रमणकालीन गठन आदेशको मस्यौदा तयार पारेको छ । गठन आदेशले स्थानीय तहका बरिष्ठ र योग्य कर्मचारीलाई निजामतितर्फका कनिष्ठ कर्मचारीमातहत राख्न खोजेको भन्दै कर्मचारी संगठनहरू असन्तुष्ट छन् । कर्मचारी संगठनहरूले देशभरका स्थानीय निकायहरूमा आन्दोलन गरिरहेका छन् । शुक्रबार पनि दिउँसो १ बजेसम्म काम ठप्प पारेका छन् । कर्मचारी संगठनहरूले गठन आदेशको प्रस्ताव संशोधन नभए देशभरका स्थानीय निकाय ठप्प पार्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७३, शुक्रबार ००:००