२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोटको दुप्चेश्वरमा प्रहरी चौकी निर्माण

लेखक स्थानीय खबर २३ जेष्ठ २०७६, बिहिबार १ मिनेट पढाइ


जेठ २३, विदुर । नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित समुन्द्रटारमा सुविधासम्पन्न प्रहरी भवन निर्माण गरिएको छ । सो भवनको बुधबार प्रदेश नं ३ प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार थापाले उद्घाटन गरे ।

विसं २०७२ वैशाख १२ को भूकम्पका कारण अस्थायी त्रिपाल र कटेजमा बस्दै आइरहेका प्रहरीले अहिले तीनतले नयाँ भवनमा बस्न पाएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषको ८९ लाख ७७ हजारको बजेटबाट सो भवनको निर्माण गरिएको हो ।

प्रहरी नायब महानिरीक्षक थापाले भने, “त्रिपाल, टहरा र कटेजमा बसी नागरिकको सेवा र सुरक्षामा दिनरात खटिएका नेपाल प्रहरीले अब आफ्नै नयाँ भवनमा बसेर सेवा दिनेछन् । नागरिकका समस्यालाई अझ बढी हल गर्ने, सेवा प्रदान गर्ने लगायतका कुरामा प्रहरीले मनन् गर्नु आवश्यक छ ।”

त्यस्तै कार्यक्रममा प्रहरी प्रमुख नुवाकोटका कृष्ण पल्लीमगरले १० जनाको दरबन्दी रहेको प्रहरी चौकी समुन्द्रटारमा अहिले पाँच मात्रै कार्यरत रहेकाले र छिट्टै थप जनशक्ति व्यवस्थापन गरिने बताए । रासस

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।