२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खप्तड छेडेदह पहिलो साक्षर गाउँपालिका

लेखक स्थानीय खबर २२ जेष्ठ २०७६, बुधबार १ मिनेट पढाइ


जेठ २२, बाजुरा । जिल्लाको खप्तड छेडदह गाउँपालिका साक्षर घोषणा हुने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ । जिल्लाका नौ स्थानीय तहमध्ये पहिलो भएको उक्त गाउँपालिकाका ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्या साक्षरताको सूचक पूरा गर्ने अवस्थामा रहेकाले घोषणा गरिएको बताइएको छ ।

गत जेठ २० गते साक्षर घोषणा भएको यस गाउँपालिकामा १५ देखि ६० वर्ष उमेर समूहको कूल ११ हजार ८४४ जनसङ्ख्यामध्ये ११ हजार ३११ अर्थात ९५ दशमलव ४९ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि घोषणा गरिएको हो । ९५ दशमलव ५ प्रतिशत जनसङ्ख्या साक्षर भएको तथ्याङ्कले देखाएपछि घोषणा गरिएको उपाध्यक्ष कुन्ती साउद बुढाले बताइन् ।

औँठाछाप लगाउने जनसङ्ख्या नरहेको औपचारिक सन्देश प्रवाह गर्नु खुशीको कुरा भएको गाउँपालिका अध्यक्ष नरबहादुर रावतको भनाइ छ । साक्षरता दरलाई शतप्रतिशत पु¥याउने र साक्षर मात्र नभई शिक्षित गाउँपालिकाको रूपमा चिनाउन गाउँगाउँमा शैक्षिक जागरणका अभियान गरिने अध्यक्ष रावतले बताए ।

छेडेदह गाउँपालिकामा तीन हजार २३४ परिवारमा २२ हजार १३५ जनसङ्ख्या वसोवास गर्दछन् । साक्षर हुनेमा महिलाको सङ्ख्या ९५ दशमलव १३ प्रतिशत छ भने पुरुषको ९५ दशमलव ८८ प्रतिशत रहेको छ । जिल्ला समन्वय समितिले आगामी असार मसान्तभित्र सबै स्थानीय तहलाई साक्षर घोषणा गरी जिल्लालाई नै साक्षर घोषणा गर्ने निर्णय गरिसकेको छ । रासस

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।