२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका उपप्रमुख सहित पाँच माथि मुद्दा दायर

लेखक स्थानीय खबर ५ जेष्ठ २०७६, आइतबार १ मिनेट पढाइ

जेठ ५, वीरगन्ज । पश्चिमी पर्साको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख हरिनारायण रौनियारले आफ्नै उपप्रमुख ममता महतो थारुसहित पाँचजना माथि जिल्ला अदालत पर्सामा गालीबेइज्जती मुद्दा दायर गरेका छन् ।

शुरुमा गाउँपालिकाका कार्यकारी अधिकृत तथा प्रमुख रौनियारको मिलेमतोमा दुई करोड ७२ लाखमा खोलाको बोलपत्र निकालेकामा पछि उक्त बोलपत्र रद्द गरी सोही बोलपत्र आफ्नो मान्छेलाई एक करोड नौ लाखमा पारेको विषयलाई लिएर उपप्रमुखसहितका सदस्यहरुले विरोध जनाउँदा प्रमुख रौनियारले अदालतमा सो मुद्दा दायर गरेका हुन् ।

प्रमुख रौनियारले उपप्रमुख महतो। कार्यपालिकाका ३ का वडा अध्यक्ष माधवप्रसाद राउत तथा सदस्यहरु विपिन मुखिया, मानमती देवी, प्रेमशिला देवी र कलही देवीमाथि गाली बेइज्जती मुद्दा दायर गरेको उपप्रमुख महतोले बताए ।

उपमेयर महतोसँग जिज्ञासा राख्दा उनले जुन बोलपत्र खुल्ला रुपमा निकाल्नु पर्नेमा त्यो नगरी कार्यकारी अधिकृत चौधरीले ७० लाख रुपैयाको चलखेलमा कम रकममा आफनो मान्छेलाई बोलपत्र पारेकोले सोको विरोध गर्दा मेयर रौनियारले आफूहरुमाथि मुद्दा दायर गरेको बताए । यस सम्बन्धमा थप जानकारीको लागि प्रमुख रौनियारसँग सम्पर्क गर्दा सम्पर्क हुनसकेन । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।