२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट बनाउन आइटी पार्क

लेखक स्थानीय खबर २७ बैशाख २०७६, शुक्रबार २ मिनेट पढाइ

वैशाख २७, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट बनाउनका लागि आइटी पार्क निर्माण गर्ने बताएका छन् ।

आइसिटी मिडियाद्वारा आयोजित स्टार्टअप एण्ड इनोभिएशन दुई दिने मेलाको उद्घाटन गर्दै उनले सूचनाको प्रविधिको प्रयोग गरी प्रदेशमा सुशासन कायम गर्नुका साथै स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी क्षेत्रमा ठूलो अवसर सिर्जना गर्ने जानकारी दिए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले आयोजना गर्ने बहुराष्ट्रिय सूचना प्रविधि सम्मेलनका लागि निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गर्दै यसको माध्यमबाट प्रदेशको समूचित विकासमा सहयोग पुगी समृद्ध कायम हुने विश्वास व्यक्त गरे ।

उनले प्रदेशको आवधिक योजना तयार गर्ने कार्य अन्तिम चरणमा पुगको र नीति तथा बजेटमा सूचना प्रविधिको प्रयोगमा जोड दिएको उल्लेख गर्दै डिजिटल प्रदेश बनाउने कार्यको शुरुवात आगामी आर्थिक वर्षदेखि शुरु हुने जानकारी दिए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले रोजगारी, उत्पादनमूलक क्षेत्रमा आगामी बजेट खर्च गर्ने बताउँदै सूचना प्रविधिलाई विद्यालयस्तरबाट शिक्षामा जोडी १० वर्षभित्र प्रदेशबाट कोही विदेशमा श्रम बेच्न जानु नपर्ने अवस्थामा सिर्जना गरिने बताए

आसिटी मिडियाका अध्यक्ष राजन लम्साल, क्यानका सन्तोष दाहाल, प्रविन कुण्डलिया, निर्मल थापा, हरि अधिकारी, पुसेट कलेजका मनोज साह, प्याब्सनका प्रेमलाल साह र नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष बन्धु पोखरेलले उत्तर–दक्षिण बाटोको सुविधा, पर्यटन पूर्वाधार निर्माण र जलविद्युत् उत्पादनमा ध्यान केन्द्रीत गरेमा रोजगारी र आर्थिक समृद्ध कायम हुने विचार व्यक्त गरे ।

स्टार्टअप र स्थानीय उद्यमशीलतालाई स्थानीयस्तरमा प्रवर्द्धन गर्नु मेलाको उद्देश्य रहेको छ । मेलामा सूचना प्रविधिसम्बन्धी ५० वटा स्टलमा विभिन्न विषयमा प्रयोगात्मक रुपमा जानकारी प्रदान गरिएको छ । रासस

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।