२१ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिञ्जा गाउँपालिकामा एम्बुलेन्स सेवा विस्तार

लेखक स्थानीय खबर २४ चैत्र २०७५, आइतबार १ मिनेट पढाइ

चैत २४, जुम्ला । सिञ्जा गाउँपालिकाले यसै हप्ताबाट एम्बुलेन्स सेवा विस्तार गरेको छ । गाउँपालिकाले स्थानीयवासी बिरामी भएको अवस्थामा समयमा सुविधा सम्पन्न अस्पतालमा लैजानका लागि एम्बुलेन्स सेवा विस्तार गरेको हो ।

गाउँपालिकादेखि करीब ५० किलोमिटर टाढा सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लैजान सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा विस्तार गरेको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । उनले भने, “यहाँका बिरामीको समयमा उपचार नपाएर ज्यान जोखिममा हुन्छ, एम्बुलेन्स भएपछि समयमा उपचार पाउनबाट वञ्चित नहुन भनेर गाउँपालिकाले यसै हप्ता एम्बुलेन्स खरीद गरी सेवा विस्तार गरेको हो ।”

नेपाल सरकारको दुई सय २० प्रतिशत कर छुटमा गाउँपालिकाले आठ लाख खर्च गरेर स्थानीयवासीलाई एम्बुलेन्स सेवा दिएको उनको भनाइ छ । बिरामी बोक्ने एम्बुलेन्स अन्य कुरामा बढी प्रयोग हुने सम्भावना भएकाले यहाँका नागरिक सचेत हुन आवश्यक रहेको अध्यक्ष रावलले बताए । रासस

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।