२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामेछाप नगरपालिकाः ३३ ऐन, नियम तथा कार्यविधि निर्माण

लेखक स्थानीय खबर २४ चैत्र २०७५, आइतबार २ मिनेट पढाइ

चैत २४, रामेछाप । रामेछाप नगरपालिकाले २२ महीनाको अवधिमा ३३ ऐन, नियम तथा कार्यविधि निर्माण गरेको छ । नगरको विकास र समृद्धिका लागि आवश्यक कार्यसम्पादन नियमावलीदेखि पूर्वाधार विकाससम्बन्धी कार्यविधिसमेत गरी ऐन, नियम तथा कार्यविधि निर्माण गरेको नगर प्रमुख नरबहादुर थापामगरले जानकारी दिए ।

पहिलोपटक नगरपालिकाको कार्यालय रामेछाप बजारमा शनिबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले अहिलेसम्म भए गरेका कार्य प्रगति तथा सम्भावनाबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन तथा कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिइएको थियो ।

समृद्ध नगर निर्माणका लागि नगर रणनीतिक योजना तयार गरिएको र आगामी दिनमा तिनै योजनालाई प्राथमिकतामा राखेर काम गरिने जनाइएको छ । वडास्तरबाट छनोट भएर आएका योजना नगरको पहिलो प्राथमिकतामा रहने नगर प्रमुख थापामगरले बताए ।

समृद्ध नगरका लागि प्रत्येक वडामा सडकको पहुँच पु¥याइएको, खानेपानीको समस्या समाधानका लागि सम्भावित ठाउँमा डिपबोरिङ गरिएको र नगरका केही ठाउँमा त्यो प्रविधि सफल भएको पनि जानकारी दिइएको छ ।

नगरपालिको शैक्षिक गुणस्तर वृद्धिको लागि नगरस्तरीय शैक्षिक सम्मेलन गरेको, न्यायिक समितिको काम प्रभावकारी बनाउन र नगरले निर्माण गरेको ऐनका बारेमा जानकारी दिन टोलटोलमा गरेको न्यायिक अभिमुखीकरण कार्यक्रमलगायतलाई २२ महीने अवधिको प्रगति भनेको छ ।

त्यस्तै नगरपालिकाको स्वास्थ्य क्षेत्रको सुधारका लागि नगरका सबै वडामा रहेका स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्रको उचित व्यवस्थापन, आवश्यक औषधिको सहज उपलब्धता, दक्ष चिकित्सकको व्यवस्थापनका लागि प्रयासरत रहेको, टोलमा स्वास्थ्य शिविर सञ्चालन गर्ने लगायतका महत्वकांक्षी योजना पनि सार्वजनिक गरिएको छ ।

रणनीतिक योजनामा समेटिएका विषयको कार्यान्वयनका लागि सबै पक्षसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने नगर प्रमुख थापामगरले बताए । रासस

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।