३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली नदीको दिगो संरक्षण प्रति सर्वपक्षीय चिन्ता

लेखक स्थानीय खबर १५ चैत्र २०७५, शुक्रबार २ मिनेट पढाइ

चैत १५, धम्बोझी । कर्णाली नदीको दिगो संरक्षणप्रति सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । कर्णालीमा भइरहेको दोहोन रोक्न तथा वातावरण वन्यजन्तुमैत्री विकासलाई अगाडि बढाउन कर्णाली नदी संरक्षण सरोकारवालाले जोड दिएका छन् ।

पछिल्लो समय कर्णालीमा भइरहेको दोहनले मानव र वन्यजन्तुको भविष्य सङ्कटमा परेकाले सरोकारवालाले नदीको दिगो संरक्षणका अपरिहार्य भएको औँल्याएका छन् । नेपाल वातावरण पत्रकार समूह ९नेफेज०ले आयोजना गरेको कार्यक्रममा कर्णाली नदी संरक्षण, वातावरण र वन्यजन्तुमैत्री विकास गर्न सात बुँदे घोषणापत्र जारी गरिएको छ ।

विकास निर्माणको काम गर्दा वातावरणीय र संरक्षण कानूनको पूर्णपालन गर्नुपर्ने तथा बाढीका बेला भारतीय पक्षले निर्माण गरेका बाँधका कारण हुने गरेको डुबानको विषयमा प्रदेशले समस्या समाधानका लागि पहल गर्ने लगायत बुँदा घोषणापत्रमा उल्लेख छ ।

नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कर्णाली नदीजन्य प्रकोप व्यवस्थापन सम्बन्धी गोलमेच सम्मेलनमा नदी संरक्षण गर्न सरोकारवालाबीच छलफल भएको थियो । जारी घोषणापत्रमा सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सोही प्रदेशको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवर, प्रदेश नं ५ का कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादव, सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य चुनकुमारी चौधरी लगायतले हस्ताक्षर गरेका छन् ।

यस्तै कर्णाली नदीको तटीय क्षेत्रमा भइरहेको जथाभावी उत्खनन तत्काल रोकेर यसलाई व्यवस्थित गर्नेसमेत घोषणापत्रमा समेटिएको छ । उत्खननलाई व्यवस्थित बनाउन प्रारम्भिक वातावरण परीक्षण ९आइइइ० र वातावरण प्रभाव मूल्याङ्कन ९इआइए० जस्ता अध्ययन प्रतिवेदन तयारी र कार्यान्वयनमा भइरहेका लापरवाही नियन्त्रण गर्ने विषय उल्लेख गरिएको छ ।

प्रक्रिया पूरा गरेर तयार पारिएका प्रतिवेदनका आधारमा मात्र उत्खनन गर्न दिने र सो नभएमा कानूनी कारवाही गर्ने कुरामा सहमत हुने विषयसमेत घोषणापत्रमा समेटिएको छ । गोलमेच सम्मेलन, राजी, सोनाहा वादीलगायत आदिवासीको पेशा भाषा संस्कृतिको संरक्षण र जगेर्नालाई प्राथमिकतामा राख्ने तथा सोहीअनुसार नीति नियम बनाउने विषयलाई समेत घोषणापत्रमा समेटिएको छ । रासस

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।