२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दरबाङ बजार बचाउन पक्की पर्खाल निर्माण गरिने

लेखक स्थानीय खबर १२ फाल्गुन २०७५, आइतबार १ मिनेट पढाइ

फागुन १२, बेनी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारलाई म्याग्दी नदीको कटानबाट बचाउन नदी नियन्त्रणको काम शुरु भएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिका र सङ्घीय सरकारबाट विनियोजन भएको ३३ लाख बजेटबाट बजार संरक्षणको लागि पक्की पर्खाल निर्माण शुरु गरिएको हो ।

दरबाङमा नदी कटान रोक्न गाउँपालिकाले आठ लाख बजेट विनियोजन गरेको थियो भने प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापामार्फत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत २५ लाख बजेट विनियोजन भएको थियो ।

सङ्घीय सरकारसँगको साझेदारी कार्यक्रमको रूपमा उपभोक्ता समितिमार्फत नदी नियन्त्रणको काम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए । जनप्रिय माध्यमिक विद्यालयको पुरानो खेलकूद मैदानको छेउबाट बजारतर्फ कटान रोक्न पर्खाल निर्माण भइरहेको छ । यो वर्ष ४० मिटर पक्की पर्खाल निर्माण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष रोकाले बताए ।

योजनामा स्थानीय उपभोक्ताले समेत श्रमदान गर्ने र योजनालाई गुणस्तरीय बनाउन नियमित अनुगमन गरिने गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिइन् । सो योजनामा अर्थुङ्गेस्थित श्रीबक्स गुल्मका गुल्मपति राजन दाहालको नेतृत्वमा १५ सैनिक जवानले एक दिन श्रमदान गरेको उपाध्यक्ष बिटालुले बताइन् ।

वर्षातको समयमा नदीको धार बजारतर्फ सोझिन थालेपछि गत वर्षदेखि दरबाङमा नदी नियन्त्रणको काम शुरु भएको थियो । गतवर्ष गाउँपालिकामार्फत विनियोजन भएको १८ लाख बजेटबाट पक्की पर्खाल निर्माण शुरु गरिएको थियो । रासस

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।