२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साधारणसभाको विवरण नबुझाउने सहकारीलार्इ महानगरले कारवाही गर्ने

लेखक स्थानीय खबर ६ फाल्गुन २०७५, सोमबार १ मिनेट पढाइ

फागुन ६, काठमाडौं । काठमाडौं महानगरपालिकाले साधारणसभाको विवरण नबुझाउने सहकारीलाई अनुगमन गरी कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

आइतबार निर्धन सहकारीको ‘सहकारीको सुसञ्चालनमा शेयरसदस्यको भूमिका’ विषयक विशेष तालीम कार्यक्रममा कामपाका सहकारी विभागका प्रमुख नमराज ढकालले विवरण नबुझाउने सहकरीलाई कारवाही गर्ने बताएका हुन् ।

कामपा अन्तर्गत अहिले एक हजार ८५६ सहकारी भए पनि ४८० सहकारीले मात्र विवरण बुझाएका छन् । आजभन्दा ११ वर्षअघि स्थापना भएको निर्धन विकास बचत तथा ऋण सहकारी संस्था लिले समाजमा छरिएर रहेको पूँजीलाई एकत्रित गरी समाजकै हितमा परिचालन गर्दै आएको छ ।

संस्थाका सदस्यलाई बेलाबेलामा तालीमका कार्यक्रम सञ्चालन गर्नु आवश्यक हुने भएकाले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गरिरहेको संस्थाका सचिव रमेश पोखरेलले बताए ।

कामपाले आफ्ना मातहतका सहकारीको सञ्चालनका लागि ‘सहकारी ऐन २०७४’ जारी गरेको छ । संस्थाका अध्यक्ष झपटबहादुर बोहराले सहकारीले नाफामूलकभन्दा पनि नागरिकको सेवालाई दृष्टिगत गरी काम गर्नुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।