२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोखा नगरपालिकाः न्यायिक समितिमा जग्गा विवादको उजुरी धेरै

लेखक स्थानीय खबर ५ फाल्गुन २०७५, आइतबार २ मिनेट पढाइ

फागुन ५, काठमाडौं । टोखा नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ । समिति गठन भएयता ४३ उजुरी दर्ता भएकामा जग्गा विवादको २१ वटा उजुरी परेको छ ।

अधिकांश उजुरी साँध सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन गरेको एउटाको जग्गा अर्काले मिचेको जस्ता उजुरी नगरपालिकाको न्यायिक समितिमा पर्ने गरेको उपप्रमुख ज्ञानमाया डङ्गोलले बताइन् ।

उनका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा २९ वटा उजरी दर्ता भएकामा १० वटा जग्गा विवाद, पारिवारिक विवादको पाँच, सम्बन्धविच्छेदको चार, घर निर्माणको विवाद दुई र ठगी÷लेनदेनको दुई उजुरी दर्ता भएका छन् ।

यस अवधिमा १८ वटा मुद्दा किनारा लगाइएको छ । दुई उजुरी अदालतमा पठाएको, एउटा कार्यार्थ मालपोत कार्यालयलाई पत्राचार गरेको छ । तीन उजुरी मुलतवीमा राखिएको र बाँकी छ उजुरी प्रक्रियामा रहेको उपप्रमुख डङ्गोलले बताए ।

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी नगरपालिकाको न्यायिक समितिमा नपरेपनि घर जग्गा विवाद, सम्बन्धविच्छेद, घर निर्माण विवाद र ठगी÷लेनदेनका उजुरी न्यायिक समितिमा पर्ने गरेका छन् ।

आर्थिक वर्ष २०७५÷७६ मा १३ वटा उजुरी दर्ता भएकामा पाँच घर जग्गा विवाद सम्बन्धी उजुरी परेको छ । त्यस्तै तीन पारिवारिक विवादका उजुरी दर्ता भएका छन् । सम्बन्धविच्छेदका दुई वटा उजुरी परेका छन् भने एउटा घर निर्माण विवाद र बाँकी एउटा ठगी÷लेनदेन सम्बन्धी उजुरी न्यायिक समितिमा दर्ता भएका छन् ।

नगरपालिकामा आउने उजुरी सबै लिखित रुपमा आउने गरेका छन् । उपप्रमुख डङ्गोलको संयोजकत्वमा रहेको समितिमा दुई जना कानून व्यवसायी सदस्य रहेका छन् । समितिले यहाँ दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार इजलास राख्दै आएको छ । रासस

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।