२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई सातादेखि त्रिपुरासुन्दरी नगरपालिका अन्धकारमा

लेखक स्थानीय खबर ५ फाल्गुन २०७५, आइतबार १ मिनेट पढाइ

फागुन ५, डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिका दुई सातादेखि अन्धकारमा रहेको छ । छलगाड लघुजलविद्युत् आयोजनाको जेनेरेटरमा प्रयोग हुने लेदरफिता चुँडिएपछि नगरपालिकामा दुई सातादेखि विद्युत् आपूर्ति ठप्प भएको हो ।

विद्युत् आपूर्ति बन्द भएपछि त्रिपुराकोट, गल्ली, करेलीकाँडा, बगरलगायतका बस्तीका स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् ।

बिजुली बत्ती नहुँदा मोबाइल चार्ज गर्न समस्या हुनुका साथै सरकारी तथा गैरसरकारी कामकाज सम्पादनमा समेत समस्या भएको स्थानीय हरिचन्द्र विष्टले बताए । रासस

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।