२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेम्वाङको निधन, पाँचथरका सबै स्थानीय तहमा सार्वजनिक बिदा

लेखक स्थानीय खबर १ फाल्गुन २०७५, बुधबार १ मिनेट पढाइ

फागुन १, फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रमुख अमरकुमार नेम्वाङको निधनमा शोक मनाउन आज पाँचथरका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाका सात गाउँपालिका र एक नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् । जिल्लाका फालेलुङ, याङवरक, हिलिहाङ, फाल्गुनन्द, कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिका तथा फिदिम नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् ।

नेम्वाङको निधनले जिल्लालाई अपुरणीय क्षति पुगेका कारण शोक मनाउन बिदा दिने निर्णय गरिएको हिलिहाङ गाँउपालिकाका प्रमुख भुवानीप्रसाद लिङ्देनले जानकारी दिए ।

गत शनिबार फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा आयोजित कार्यक्रममा सम्बोधन गरेलगत्तै बेहोस भई ढलेका प्रमुख नेम्वाङको उपचारका लागि इलाम जिल्ला अस्पताल लैजाने क्रममा निधन भएको थियो । नेम्वाङको आज अन्त्येष्टि गरिने परिवारले जनाएको छ । रासस

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।