२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गैँडाकोट नगरपालिकाः ६ महीनामा ८१ सुत्केरीलाई भत्ता

लेखक स्थानीय खबर १ फाल्गुन २०७५, बुधबार १ मिनेट पढाइ

फागुन १, भरतपुर । नवलपुरको गैँडाकोट नगरपालिकाले छ महीनामा ८१ सुत्केरी आमालाई भत्ता दिएको छ । नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई तीन हजारका दरले भत्ता प्रदान गरेको हो ।

‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम अन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई प्रोत्साहनस्वरुप तीन हजार प्रदान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिए ।

नगरपालिकाभित्रका बर्थिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण गरेका र सुत्केरी भएका आमालाई मात्र भत्ता उपलब्ध गराएको आचार्यले बताए । नगरपालिकाभित्र गैँडाकोट र पितौजीमा दुई मात्र बर्थिङ सेन्टर सञ्चालनमा छन् । रतनपुर र अमरापुरीमा वर्थिङ सेन्टर सञ्चालनको तयारी छ ।

भरतपुरका सुविधासम्पन्न अस्पताल नजिकै भएका कारण अधिकांश महिला सुत्केरीका लागि भरतपुर जाने गरेका छन् । तर नगरपालिकाको सुत्केरी भत्ता कार्यक्रमबाट निम्नवर्गीय र ग्रामीण इलाकाका नागरिक लाभान्वित भएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले बताए । कार्यक्रम सञ्चालनपछि नियमित स्वास्थ्य जाँच गराउने बढेको उनको भनाइ छ ।

यस कार्यक्रमले घरमा सुत्केरी गराउनेलाई निरुत्साहित गराउने र महिलाको पोषण अवस्था सुधारमा समेत सहयोग पुगेको नगरप्रमुख पौडेलले बताए । रासस

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।