२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

योजना निर्माणमा तीन तहको सहकार्य आवश्यकः मुख्यमन्त्री पौडेल

लेखक स्थानीय खबर १७ माघ २०७५, बिहिबार १ मिनेट पढाइ

माघ १७, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तिनै तहका सरकारबीचमा समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

राष्ट्रिय योजना आयोगको १५ औँ योजना आधारपत्रमा अन्तरक्रिया एवं राय सङ्कलनका लागि आयोजित प्रदेशस्तरीय परामर्श बैठकमा मुख्यन्त्री पौडेलले तीन तहका सरकार तीन तिर फर्केर र एकले अर्कोलाई असहयोग गरेर राष्ट्रको विकास सम्भव नहुने बताए ।

मुख्यमन्त्री पौडेलले तिनै तहको सरकार र राष्ट्रिय योजना आयोग एवं प्रदेश नीति तथा योजना आयोगले खुद्रे योजना बनाउन नहुने उल्लेख गरे । योजना आयोगले राष्ट्रिय गौरवका महत्वपूर्ण योजनालाई प्राथामिकतामा राख्नुपर्ने उनको धारणा थियो ।

“चालू आर्थिक वर्षका प्रदेशका कतिपय योजना पनि नमिलेको महसुस भएको छ, अर्को वर्षका योजनालाई योजना बैंकमा समावेश गरेर मिलाउनुपर्छ” उनले भने । मुख्यमन्त्री पौडेलले केन्द्र, प्रदेश तथा स्थानीय सरकारलाई समृद्धि उन्मुख योजना बनाउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले आगामी वर्षको योजना निर्माणमा स्थानीय सरकारको तर्फबाट सल्लाह सुझावको अपेक्षा गरिएको बताए । रासस

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।