२१ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गरिने

लेखक स्थानीय खबर ४ माघ २०७५, शुक्रबार १ मिनेट पढाइ

माघ ४, लहान । सिरहाको धनगढीमाई नगरपालिका नैनपुरस्थित स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गरिने भएको छ ।

धनगढीमाई नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ सेवा ऐन २०७५ स्वीकृत गर्दै नैनपुरस्थित स्वास्थ्यचौकी स्तरोन्नति गरी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो । नगरको सूचना प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन माघ महीनादेखि राजश्व तथा व्यक्तिगत घटना दर्ता अनलाइन प्रविधिमा गर्ने निर्णय समेत गरेको छ ।

नगरपालिकाका प्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न नगरसभाले नगरपालिका १४ वडा अन्तर्गत पर्ने अमले, चट्टान, हात्तीढुङ्गा, दलमे, बिहीबारे, सरें अम्बास, खुट्टी, महाजनी, मड्यान, जरायोटार लगायतका नागरिकको खेतीयोग्य जग्गा उदयपुरको कटारी नगरपालिकामा परेकोले श्रेस्ता सार्ने निर्णय समेत गरेको नगरपालिकाका प्रवक्ता प्रकाश योञ्जनले जानकारी दिए ।

नगरसभाले खेलकूदको विकासका लागि सबै वडामा खेलमैदान बनाउनेसहित वडा नं ९ मा कबर्ड हल तथा रङ्गशाला निर्माण गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ ।

नगरसभाले नगरपालिकाको आर्थिक ऐन २०७५ संशोधन गर्दै आर्थिक वर्ष ०७५÷७६ का लागि विनियोजन गरेको ५९ करोड ९९ लाख ७२ हजार बजेट सङ्घीय सरकारले विभिन्न शीर्षकमा थप गरेको सर्त अनुदानको रकम समेत थप गरी ६२ करोड नौ लाख ५१ हजार ५३४ कायम गर्ने निर्णय गरेको प्रवक्ता योञ्जनले जानकारी दिए । रासस

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।