२१ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरेन्द्रनगर नगरपालिकाद्वारा ४८ मुद्दा छिनोफानो

लेखक स्थानीय खबर ३ माघ २०७५, बिहिबार १ मिनेट पढाइ

माघ ३, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले दर्ता भएकामध्ये ४८ मुद्दा छिनोफानो गरेको छ । नगरपालिकाकाको न्यायिक समिति संयोजक एवं उपप्रमुख मोहनमाया ढकालले चैत महीनादेखि दर्ता भएका ती मुद्दाहरु कानूनसम्मत टुङ्गो लगाएइएको जानकारी दिए ।

अधिकांश मुद्दाहरु जग्गा विवाद र अंशबण्डासम्बन्धी थिए । साविकको क्षेत्रीय सदरमुकाम र हाल प्रदेश राजधानी भएसँगै बढ्दो जनघनत्वका कारण उजुरी आउने क्रम पनि बढेको उनको भनाइ थियो ।

उक्त नगरपालिकाले ‘न्यायिक समिति कार्यसम्पादन विधेयक २०७५’ पारित गर्नाका साथै हालसम्म ३० ऐन, कानून र निर्देशिकाहरु पारित गरिसकेको जनाएको छ । रासस

प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।