२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकाद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

लेखक स्थानीय खबर १६ पुस २०७५, सोमबार २ मिनेट पढाइ

पुस १६, बेझाड । रामपुर नगरपालिकाले जानकी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक रुपमा कम्प्युटर शिक्षाको ज्ञान दिनका लागि नगरपालिकाले विद्यालयलाई कम्प्युटर सहयोग गरेको हो ।

सो कम्प्युटर नगरप्रमुख रमणबहादुर थापाले विद्यालयलाई हस्तान्तरण गर्दै प्रविधिको विकास भइरहेको बेला यहाँका विद्यार्थी कम्प्युटर शिक्षा लिनबाट वञ्चित भएकाले सहयोग गरेको बताए ।

एक लाख ५० हजारको लागतमा दुई थान कम्प्युटर, एक थान प्रिन्टर सहयोग गरेको लेखाअधिकृत मीनबहादुर घर्तीले बताए । आधारभूत तहअन्तर्गत कक्षा ६ देखि ८ सम्म कम्प्युटर शिक्षा सञ्चालन गर्न आर्थिक समस्याले विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन हुन सकेको थिएन ।

घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा शुरु

माथागढी गाउँपालिका पाल्पाले घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा शुरु गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरेर घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा कार्यक्रम शुरु गरिएको हो ।

यही मङ्सिरदेखि गाउँपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सहजरुपमा घरमै पुगेर स्वास्थ्य सेवा दिन थालिएको छ । सो कार्यक्रमका लागि गाउँपालिकाले आव ०७५/०७६ का लागि एक लाख ५० हजार रकम विनियोजन गरेको छ ।

कार्यालयको काममा असर नपर्ने गरी कार्यालयमा मौज्दात कर्मचारी व्यवस्थापन गरेर स्वास्थ्यकर्मीलाई घरघरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यमबहादुर चिदीले बताए ।

घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार ६० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका नागरिकलाई पनि घरमै पुगेर सहज रुपमा स्वास्थ्य सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताए । रासस

प्रकाशित मिति : १६ पुस २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।