२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक महीनामा पाँच हेलिप्याड निर्माण

लेखक स्थानीय खबर १२ पुस २०७५, बिहिबार १ मिनेट पढाइ

पुस १२, गलेश्वर । आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि म्याग्दीका प्रत्येक वडामा हेलिप्याड बनाउने अभियानले तीव्रता पाएको छ ।

दुई महीनाभित्र जिल्लाका ६ वटै स्थानीय तहका ४५ वटै वडामा हेलिप्याड निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियान अन्तर्गत एक महीनाको अवधिमा जिल्लाका मालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाका पाँच वडामा हेलिप्याड निर्माण भइसकेका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

प्रजिअ अधिकारीले दिएको जानकारी अनुसार मालिका गाउँपालिका देवीस्थान, मङ्गला गाउँपालिका–२ हिदी, रघुगङ्गा गाउँपालिका–६ पाखापानी, मालिका गाउँपालिका–२ रुम र कुहूँको महभीरमा हेलिप्याड निर्माण भइसकेको छ ।

अन्य वडामा पनि हेलिप्याड निर्माणका लागि स्थल छनोटको काम भइरहेको जनाइएको छ । एउटा हेलिप्याड बनाउन करीब ३० हजार खर्च लाग्छ ।

स्वास्थ्य केन्द्र आसपासका क्षेत्रमा हेलिप्याड बनाउन जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहसँग सहकार्य गरेको छ । सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भीर घाइतेको सहज उपचारका लागि ‘एयर एम्बुलेन्स’ शुरू गरेपछि वडास्तरमै हेलिप्याड बनाउन थालिएको हो ।

विकट वडाको एक बस्तीबाट अर्कोमा पुग्न एक दिनसम्म लाग्ने भएकाले एउटै वडामा तीन वटासम्म हेलिप्याड आवश्यक पर्ने स्थानीय जनप्रतिनिधिले औँल्याएका छन् । हेलिप्याडले आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत समेत सहज बनाउने विश्वास लिइएको छ । रासस

प्रकाशित मिति : १२ पुस २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।