११ श्रावण २०८२, शनिबार | Sat Jul 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङ खुला दिसामुक्त घोषणा हुने



 

मङ्सिर १७, विराटनगर । मोरङका सबै स्थानीय तहलाई पुस ५ गतेभित्र खुल्ला दिसामुक्त घोषणा गरिने जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले निर्णय गरेको छ ।

समन्वय समितिका सदस्य सचिव इञ्जिनीयर सयनकुमार श्रेष्ठले तोकिएको समयमा नै खुल्ला दिसामुक्त घोषणा गर्न सबै रणनीति अपनाउने बताए । प्रदेश नं १ को समेत राजधानी रहेको मोरङको खुल्ला दिसामुक्त घोषणा हुनु जिल्लाकै प्रतिष्ठाको विषय बनेको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेलको भनाइ छ ।

यसअघिको जिल्लाका साझेदार र राष्ट्रिय सरसफाइ समन्वय समितिसहितको विस्तारित बैठकले खुला दिसामुक्त घोषणा गर्न बाँकी सम्पूर्ण स्थानीय तहहरु मङ्सिर १५ गतेभित्र खुल्ला दिसामुक्त घोषणा गरी २० गते जिल्लालाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको थियो । विराटनगर महानगरपालिकाको वडा १८ र १९ अझै खुला दिसमुक्त क्षेत्र घोषण हुन बाँकी छ ।
रासस

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार ००:००