२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माछापोखरीमा विष हाल्दा १० लाखको क्षति

लेखक स्थानीय खबर २२ कार्तिक २०७५, बिहिबार १ मिनेट पढाइ

 

कात्तिक २२, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–१ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समूहले विष हालेर लाखौँको क्षति पु-याएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार स्थानीय रत्नबहादुर बर्तौलाको माछापोखरीमा बुधबार बिहान अकस्मात् माछा मरेका हुन् । करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको पीडित बर्तौलाले बताएका छन् । ।

उनको ६ कट्ठा क्षेत्रफल जमीनमध्ये चार कट्ठामा माछापोखरी छ । पोखरीमा ८० हजार रुपैयाँको माछाका भुरा राखिएको र बिक्री गर्ने बेलामा विषादी हालिएको बर्तौलाले गुनासो गरे ।

बर्तौलाले बिहान ५ बजेतिर माछा एकाएक मर्न थालेपछि पोखरीमा हेर्दा विषको बट्टा फेला पारेको बताए । अघिल्लो वर्ष पनि अज्ञात समूहले नै उनँको माछापोखरीमा विष हालिदिएको थियो ।

साना किसान कृषि सहकारी, समाज कल्याण बचत तथा ऋण सहकारीलगायतबाट ९ लाख रुपैयाँ ऋण लिएर माछापालन गरेको उनले बताए ।

इलाका प्रहरी कार्यालय खैरहनीका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक रुद्र शर्माले विषादीका कारण माछा मरेको प्रारम्भिक अनुसन्धानमा देखिएको र थप अनुसन्धान भइरहेको जानकारी दिए । रासस

प्रकाशित मिति : २२ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।