२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दीपावली गर्दा आगलागी

लेखक स्थानीय खबर २२ कार्तिक २०७५, बिहिबार १ मिनेट पढाइ

कात्तिक २२, कपिलवस्तु । शुद्धोधन गाउँपालिका–३ लवनीस्थित बेचन कलवारको घरमा बुधबार राति लक्ष्मी पूजाका लागि दीपावली गर्दा आगलागी भएको छ ।

आगलागीबाट करीब ४ लाख १५ हजार रुपैयाँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

दीपावलीका लागि बालिएको मैनबत्तीबाट आगो सल्कन गई आगलागी भएको बताइएको छ । प्रहरी, स्थानीय र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलको प्रयासमा आगो नियन्त्रण लिएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए ।

आगलागीबाट कलवारको घरको सटर कोठामा रहेका दुई वटा मोटरसाइकललगायत अन्य मालसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २२ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।