२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजधानी सार्ने सुझावको बिरोधमा बिहानैदेखि प्रदर्शन

लेखक स्थानीय खबर १२ आश्विन २०७५, शुक्रबार १ मिनेट पढाइ

 

असोज १२, धनगढी । प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा राख्न दिइएको सुझावको विरोधमा प्रदेशसभा भवन अगाडि आज बिहानैदेखि प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीले अस्थायी राजधानी बनाउँदा राज्यको ठूलो बजेट खर्च भइसकेको अवस्थामा धनगढीलाई नै स्थायी राजधानी बनाउन माग गरेका छन् । स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि सुझाव दिन प्रदेशसभामा गठित विशेष सुझाव समितिले गोदावरी नगरपालिकाको तेघरीमा स्थायी राजधानी बनाउन तथा नाम ‘सुदूरपश्चिम प्रदेश‘ राख्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन बैठकमा प्रस्तुत गरेको छ ।

प्रदेशसभाको जारी बैठकमा प्रदेशको स्थायी राजधानी र नामाङ्कनका विषयमा प्रस्तुत प्रतिवेदन उपर छलफल जारी छ । प्रदेशसभा बैठकले आज प्रदेश राजधानी र नामाङ्कनको विषयलाई टुङग्याउने बताइएको छ । प्रदेशसभाका सदस्यको दुई तिहाई मतको आधारमा प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषयमा टुङ्गो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
रासस

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।