२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश राजधानी र नामाङ्कन सबैको सहमतिमा टुङ्ग्याइन्छः मुख्यमन्त्री राई

लेखक स्थानीय खबर ११ आश्विन २०७५, बिहिबार १ मिनेट पढाइ

 

असोज ११, धनकुटा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाङ्कन सबैको सहमतिमा टुङ्ग्याउने बताएका छन् ।

आज यहाँ आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री राईले हतारमा बहुमतले राजधानी तोक्न तथा नामाङ्कन गर्न ठीक नहुने भन्दै केही ढिला भए पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सदस्य र प्रदेशका जनताको भावनालाई सम्बोधन हुने गरी नाम तथा राजधानी तोकिने बताए ।

सरकारको उद्देश्य प्रदेश नं १ लाई सबल र समृद्ध बनाउने भएकाले दुई तिहाइको बलबाट टुङ्गो लगाउने कसरतमा आफू नलागेको बताउँदै उनले चालू प्रदेशसभाबाट नै सहमतिमा नामाङ्कन र राजधानी तोकिने बताए ।

प्रदेशको राजधानी कहाँ हुने र नामाङ्कन के हुने भन्ने कुराले प्रदेशको समुन्नतिमा खासै अर्थ नराख्ने भन्दै उनले प्रदेश सरकार जिम्मेवार भएर सबै क्षेत्रको विकासमा लाग्ने बताए ।

मुख्यमन्त्री राईले सडक चौडा बनाउने, स्मार्ट सिटीहरु स्थापना गर्ने, औद्योगिक, पर्यटन र कृषि क्षेत्रहरु स्थापना गरी प्रदेशका जनतालाई समृद्ध बनाउने अभियानलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढ्ने बताए ।
रासस

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।