२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले कुलो भत्काउँदा डोल्पा सदरमुकाम दुनै अन्धकार

लेखक स्थानीय खबर २१ भदौ २०७५, बिहिबार २ मिनेट पढाइ

 

भदौ २१, जाजरकोट । मङ्गलबार राति पहिरोले कुलो भत्काउँदा डोल्पाको सदरमुकाम दुनै बजार अन्धकार भएको छ । स्थानीय जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा पहिरोका कारण ठप्प भएपछि सदरमुकामवासी अन्धकारमा बस्न बाध्य भएका हुन् ।

जैरीगाड खोला नजिको पहिरोले नहरको कम्तिमा ४० मिटर भाग भत्काएको आयोजनाले जनाएको छ । भत्किएको नहर निर्माणका लागि क्षेत्रीय विद्युत् प्राधिकरणको प्राविधिक टोलीले प्लाष्टिकका पाइप राखेर पानी सञ्चालन गरिने र यसका लागि बोलपत्र आह्वान गर्नुपर्ने जनाएको छ । यो पटकको पहिरोले कुलोमा ठूलो क्षति भएकाले सानोतिनो मर्मतले संभब नहुने जनाइएको छ ।

कुलोभन्दा माथि अझै पहिरो आउने सम्भावना भएकाले लामो समयसम्म विद्युत् अवरुद्ध हुनसक्ने र मर्मत गर्दा पनि पहिरो खस्ने सम्भावना भएको स्थानीय टीकादत्त न्यौपाने बताउछन् ।

सोही ठाउँ नजिकै सोमबार साँझ पहिरोले करीब १५ मिटर कुलो भत्काउँदा २४ घण्टा विद्युत् अवरुद्ध भएको थियो । नेपाली सेनाले उक्त पहिरो मङ्गलबार मर्मत गरेपछि विद्युत् सेवा सञ्चालन भएकामा मङ्लबार राति गएको पहिराले झण्डै ४० मिटर कुलो भत्काउँदा झनै ठूलो क्षति भएको उनले जानकारी दिए ।

केही समय पहिले दुई सय किलोवाट विद्युत् उत्पादन हुने जैरीगाड पावरहाउसमा पछिल्लो पटक ३० देखि ४० किलोवाट मात्र उत्पादन हुँदै आएको थियो ।

एउटा जेनेरेटर केही समय अघि जलेकाले बुटवल पावर कम्पनीमा मर्मत भइरहेको र हाल रहेको एक सय किलोवाट क्षमताको जेनेरेटरमा खराबी आउँदा ४० किलोवाटसम्म विद्युत् उत्पादन हुने गरेकाले सदरमुकाम दुनै बजार र जुफालमा पालै पालो गरी विद्युत् आपूर्ति हुँदै आएको थियो ।

विद्युत् सेवा बन्द भएसँगै सदरमुकामस्थित रेडियो डोल्पा तथा सरकारी कार्यालयको कामका साथै समाचार सम्प्रेषण गर्न समस्या भएको पत्रकार सुकमाया थापाले बताइन् ।
रासस

प्रकाशित मिति : २१ भदौ २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।