२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जातीय सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि सर्भे शुरु

लेखक स्थानीय खबर १८ भदौ २०७५, सोमबार १ मिनेट पढाइ

 

भदौ १८, पथरी– मोरङ । प्रदेश नं १ को गौरवको आयोजनामा भनिएको जातीय सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि मोरङको पथरी शनिश्चरे नगरपालिका १० को भूटानी शरणार्थी शिविरमा सर्भे शुरु भएको छ ।

भूटानी शरणार्थी शिविर रहेका क्षेत्रमा निर्माण हुने बृहत् जातीय सांस्कृतिक सङ्ग्रहालयका लागि प्रारम्भिक सर्भे थालिएको हो । प्रदेश सरकारको तर्फबाट इडी कन्सल्टका राजेन्द्र भट्टराईको टोलीले आइतबार शिविर र आसपासका क्षेत्रको प्रारम्भिक सर्भे गरेको हो ।

वडाका कार्यवाहक अध्यक्ष मनोज घिमिरे, कार्यपालिका सदस्य मैनादेवी फुयाँल आचार्य, अरुणा राई, गीता विश्वकर्मा तथा स्थानीय सामाजिक अगुवाले सर्भे टोलीलाई सङ्ग्रहालयका लागि प्रस्तावित क्षेत्रको अवलोकन गराएका थिए ।

सर्भे टोलीका राजेन्द्र भट्टराईले प्रस्तावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक सर्भेक्षणले देखेको वस्तुस्थितिका बारेमा प्रदेश सरकारलाई जानकारी गराउने र त्यसपछि विस्तृत सर्भे अगाडि बढ्ने उल्लेख गरे ।

वडा नं १० मा विगत २७ वर्षदेखि भूटानी शरणार्थी बसोबास गर्र्दै आएका क्षेत्रमा प्रदेश सरकारको नीति कार्यक्रममा प्रदेशकै गौरवको आयोजनाका रुपमा बृहत् जातीय तथा सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिने निर्णय भएको छ ।
रासस

प्रकाशित मिति : १८ भदौ २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।