२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याङलुङ नगरपालिकामा स्वास्थ्यचौकी भवन निर्माण

लेखक स्थानीय खबर ७ भदौ २०७५, बिहिबार १ मिनेट पढाइ

 

भदौ ७, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका ७, आम्बुङस्थित स्वास्थ्यचौकीका लागि दाताबाट भवन निर्माण भएको छ । स्थानीय दुई परिवारका सदस्यले आफ्ना स्व बुबाआमाको स्मृतिमा जग्गा खरीद गरी भवन निर्माण गरिदिएका हुन् ।

स्वास्थ्यचौकीका लागि ११ कोठे भवन निर्माण भएपछि अब २४ घण्टे प्रसूति सेवासमेत शुरु भएको छ । भवन निर्माणका लागि स्थानीय कृष्णबहादुर, इन्द्रबहादुर, गणेशबहादुर, हृदयमान र प्रेमबहादुर सम्बाहाम्फेले आफ्ना स्व बुबा टङ्कबहादुर र आमा मनमायाको स्मृतिमा पाँच रोपनी जग्गा आठ कोठे भवन निर्माणका लागि ३९ लाख सहयोग गरेका हुन् ।

यस्तै खेलप्रसाद लिम्बूले आफ्ना बुबा मनबहादुर र आमा निमाको स्मृतिमा एक रोपनी जग्गा र तीन कोठे भवन निर्माणका लागि १५ लाख सहयोग गरेका छन् । भवन निर्माणपछि स्वास्थ्यचौकीको सेवा प्रवाह सहज भएको छ ।

नवनिर्मित भवनको बुधबार म्याङलुङ नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले उद्घाटन गरे । कार्यक्रममा नगर प्रमुख तुम्बाहाम्फेले नगर क्षेत्रको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन सहयोग गर्ने समाजसेवी दम्पतिलाई धन्यवाद प्रकट गरे ।
रासस

प्रकाशित मिति : ७ भदौ २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।