९ मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खलंगा पहिरो रोकथामका लागि कार्ययोजना बन्दै

लेखक स्थानीय खबर २३ श्रावण २०७५, बुधबार २ मिनेट पढाइ

 

साउन २३, जाजरकोट । जाजरकोटमा दर्जनौँ बस्ती पहिरोको जोखिममा रहेको भन्दै सर्तक रहन आग्रह गरिएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृतद्वय महेन्द्रकुमार मण्डल र महेश कुमाईको टोलीले स्थलगत अध्ययन र स्थानीय सरोकारवालासँगको छलफलका आधारमा उक्त निष्कर्ष निकालेको हो ।

टोलीले सदरमुकामस्थित पहिरो प्रभावित विभिन्न स्थानको स्थलगत अवलोकन गरेको छ । सदरमुकामका शान्तिचौतारा, ठाँटी, थाप्ले, बाहुनवाडा, पिपलडाँडा, स्याला, रिसाङ, बोहरा, दार, पोखरा, तिमिले, छिपे्रना, भेरे, गंगटीया लगायत स्थानका हजार बढी घर पहिरोको जोखिममा रहेकाले सचेतना अपनाउन र सुरक्षित रहन अध्ययन टोलीले सुझाएको छ ।

जतिखेर पनि घर भत्कन सक्ने वा माथिबाट पहिरो आउन सक्ने अवस्थामा रहेको भन्दै पहिरोको प्रकृति कस्तो खालको छ । कुन क्षेत्र बढी प्रभावित छ ? के कारण पहिरो गयो ? लगायतका विभिन्न पक्षमा दीर्घकालीनरुपमा समस्या समाधान गर्न सुझाव र लागत अनुमान तयार गर्ने गरी आफूहरू मन्त्री बस्नेतको निर्देशनमा आएको अधिकृत मण्डलले बताए ।

भिरालो जमीनमा घर निर्माण, सडकको पानी र नालाको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम बढेको उनको भनाइ छ । मन्त्री बस्नेतले सदरमुकाम खलङ्गामा देखिएको पहिरोको जोखिम निराकरण गर्न टोली तत्काल जान निर्देशन दिएलगत्तै जाजरकोट पुगेर अध्ययन गरिएको हो । सदरमुकाम खलंगाको पहिरो रोकथामका लागि करीब २० करोड तत्काल खर्च गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ ।
रासस

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।