असोज २४, रुकुम पूर्व । रुकुम पूर्वका तीन गाउँपालिकाका अधिकांश वडामा सचिव नहुँदा दैनिक कामकाज गर्न गाह्रो भएको छ । गाउँपालिकाका ३१ वटा वडामध्ये सात वडामा मात्र वडासचिव छन् । कतिपय वडामा भने प्रशासन सहायक र कार्यालय सहयोगीले वडा सचिवको काम गरिरहेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिइन् । भूमे गाउँपालिकामा नौ वडामध्ये…