बेंसीसहर (लमजुङ) । उत्तरी लमजुङमा रहेको मरस्याङ्दी गाउँपालिकाको बुधबार बसेको पहिलो बैठकले गाउँपालिकाभित्र जमिन बाँझो राख्न नपाइने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाभित्र रहेको जमिनको अधिकतम उपयोग गरी आर्थिक प्रवर्द्धनमा टेवा पुर्याउन विशेष प्राथमिकताका साथ भूउपयोग नीति अवलम्बन गर्ने निर्णय गरेको छ । बैठकले गाउँपालिकाबाट प्रवाह गरिने सेवा र…