२९ चैत, काठमाडौं । सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ । माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिने भएपछि जिल्ला शिक्षा कार्यालयलाई आजदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए । मन्त्रालयले बुधबार सबै जिल्ला शिक्षा कार्यालयलाई खारेज गर्दै एकाइ कार्यालयमा स्थापना गर्न…