केदार मगर चैत २२, खोटाङ । अनौठो रोगले थलिएर बसेका खोटाङ नेर्पास्थित रामपुरका चार विश्वकर्मा युवकयुवतीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपचार खर्चवापत आर्थिक सहयोग उपलब्ध गराएको छ । कम्मरमुनिको भाग नचल्ने रोगले बुबा वीरबहादुर र आमा लक्ष्मीमाया विश्वकर्माका दुई छोरीको मृत्यु हुनुका साथै तीन छोरी र एक छोरा थला परेर बसेको समाचार सार्वजनिक भएपछि नगरप्रमुख…