रुद्रमती सफाइको २७६ औँ हप्तामा रातोपुल र कालोपुलको बीच भागमा बनेको झोलुङ्गे पुल उद्घाटन गरिएको छ । प्रदेश नं ३ सरकारको २७ लाख २८ हजार रुपैयाँ बजेटबाट उक्त पुल निर्माण गरिएको हो । उक्त पुल नहुँदा पैदलयात्रु रातोपुल अथवा कालोपुलसम्म घुमेर वारपार गर्न बाध्य हुनुपरेको थियो । पुल निर्माणपछि बिहान–बेलुका हिँड्न चाहने र पैदलयात्रा गर्ने…