३० असार, मोरङ । मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष ०७४/७५का लागि ६१ करोड ७४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले नगरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी छन् । नगरपालिकाले आगामी आवमा सडक पूर्वाधार निर्माण तथा स्तरोन्नति, कृषिको व्यवसायीकरण, पर्यटन पर्बद्धन, वातावरण संरक्षण, सिमसार प्रर्बद्धन, रोजगारी सृजना, आयआर्जनमुलक योजना,…