कात्तिक १८, काठमाडौं । धरहरा निर्माणको पूर्वाधार तथा सहजीकरणसंग जोडिएका निकाय र स्थानीय समुदायले धरहरा पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा आज आयोजित कार्यक्रममा सहभागीले धरहरा पुनःनिर्माणका लागि त्यहाँ भएका पूर्वाधार हटाएर सहजीकरण गर्ने र भविष्यमा आइपर्ने काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा नेपाल टेलिकम, नेपाल विद्युत्…